सोमबार, मंसिर १० गते २०८१

कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

    १ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने सरकारले घोषणा गरेको छ ।

    images

    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराएका हुन् ।

    सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत् सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गरिने उल्लेख गरिएको छ ।

    विद्युत वितरण सबस्टेसनहरूलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्टमिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम उल्लेख छ । आगामी आवमा हेटौंडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार