शुक्रबार, कात्तिक ३० गते २०८१

खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव

खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव

अखबार दैनिक
मंगलबार, जेठ १ २०८१
  • खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव

    १ जेठ, काठमाडौं । सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने विकल्प अघि सारेको छ ।

    images

    नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा गर्दै खराब आयोजनाहरू खारेज गर्ने विकल्प नीति तथा कार्यक्रममा गरिएको हो । विकास आयोजना अनुगमन र मूल्यांकनलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा गरिएको छ ।

    खरिद कानुन पुनरावलोकन गर्ने प्रस्ताव पनि गरिएको छ । सरकारका खरिद इकाइको संस्थागत क्षमता वृद्धि गरिने योजना पनि घोषणा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार