शुक्रबार, कात्तिक ३० गते २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

अखबार दैनिक
सोमबार, वैशाख ३१ २०८१
  • नेप्सेमा दोहोरो अंकको वृद्धि

    सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेको छ।  यसदिन नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ। सोमबारको बजारमा तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको सेयर कारोबार भएको छ।

    images

    गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ वृद्धि भएको हो।

    यस दिन ३२० वटा धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भएको हो। सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाकै घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन पाँच कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। 

    यस्तै, श्रीजनशील लघुवित्त र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सिवाइसि नेपाल लघुवित्त लघुवित्तको मूल्य सर्वाधिक ५.६५ प्रतिशतले घटेको छ।  उक्त कम्पनीको सेयर मूल्य एक हजार ५५३ रूपैयाँ कायम भएको छ।

    यस्तै, आरम्भ चौतारी लघुवित्तको मूल्य ३.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८६६ रूपैयाँमा झरेको छ। सोमबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

    उक्त कम्पनीको प्रतिकित्ता २८१ रूपैयाँमा ३० करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४६ रूपैयाँमा २८ करोड २३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको भने बाँकी ८ समूहको परिसूचक बढेको छ। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ भने लगानी समूहको परिसूचक २.०४ प्रतिशतले बढेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार