कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त कार्कीले प्रदेश सभाबाट ५७ मत पाएका छन्। एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।
विपक्षमा कसैले पनि मतदान गरेनन्। राप्रपाका सांसदहरू तटस्थ बसेको बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहेको थियो। प्रदेश सभामा ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए।