शुक्रबार, कात्तिक ३० गते २०८१

उपेन्द्रले मधेश सरकार जोगाउन मागे महन्थ ठाकुरसँग सहयोग

उपेन्द्रले मधेश सरकार जोगाउन मागे महन्थ ठाकुरसँग सहयोग

अखबार दैनिक
सोमबार, वैशाख ३१ २०८१
  • उपेन्द्रले मधेश सरकार जोगाउन मागे महन्थ ठाकुरसँग सहयोग

    ३१ वैशाख, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

    images

    महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका एक नेताले बताएका छन् ।

    तर महन्थले भने भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ दिएका छन् । लोसपाका एक नेताले भने, ‘पहिले मधेशका मुख्यमन्त्रीको विश्वासको मत र अशोक राई नेतृत्वको जसपाको दल सनाखत प्रक्रिया सम्म कुर्छौं ।’

    आइतबार नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेश प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार