मंगलबार, कात्तिक ६ गते २०८१

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट

अखबार दैनिक
सोमबार, वैशाख ३१ २०८१
  • जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट

    जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधिहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधिहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

    औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ । 

    जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ । -रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ