शुक्रबार, मंसिर १४ गते २०८१

सरकारले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याएर आउने मलाई विश्वास छ  : रमेश लेखक

सरकारले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याएर आउने मलाई विश्वास छ  : रमेश लेखक

अखबार दैनिक
आइतबार, वैशाख ३० २०८१
  • सरकारले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याएर आउने मलाई विश्वास छ  : रमेश लेखक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानमा कायमै छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पुरानो अडान स्मरण गराएको बताए ।

    images

    ‘सभामुखले बोलाएको बैठकमा हामीले उठाउँदै आएका संसदीय छानबिन समिति गठनको अडान स्मरण गराएँ । संसद् प्रतिपक्षको हो,’ उनी भन्छन्, ‘संसद् प्रतिपक्षलाई बढी चाहिन्छ । सत्ता पक्षले संसद् अवरुद्ध हुने स्थिति निर्माण गरेर प्रतिपक्षका माथि न्याय गरिराखेको छैन । हामीले सरकारसँग आफ्नो कुरा भनेका छौँ । त्यही कुरा यहाँ पनि भन्यो ।’

    शुक्रबार दिउँसोसम्म सरकारले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याएर आउने लेखकले विश्वास व्यक्त गरे । ‘संसद्ले गर्ने काम नै थियो । जनताका जल्दाबल्दा विषयमा प्रश्न उठाउने, छलफल गर्ने, त्यसलाई निष्कर्षमा पुर्‍याउने हो । भोलि (सोमबार) दिउँसोसम्म सरकारले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याएर आउने मलाई विश्वास छ ,’ उनले भने ।

    लाखौं मानिस सहकारीबाट पीडित भएका भन्दै अर्बौ रुपयाँ ठगी भएको संसदमै निकास खोज्ने उनको भनाइ छ । ‘संसद्कै सदस्य मन्त्री हुनुहुन्छ । संसद्कै सदस्य प्रधानमन्त्री हुनुहुन्छ । हामीले उपयुक्त थलोमा उचित ढंगले हामीले आफ्ना कुरा उठाएका छौँ । त्यही ठाउँमा यसको समाधान हुनुपर्छ भनेका छौँ,’ उनी भन्छन् ।

    संसद् अवरुद्ध खुलाउने–नखुलाउने बल सरकारको कोर्टमा रहेको लेखकले बताए । ‘सरकारले बल कसरी डिल गर्छ । त्यसरी नै आगामी कार्यक्रम भर पर्छ ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार