सोमबार, जेठ ७ गते २०८१

डढेलो र आगलागी पीडितलाई राहत दिन कांग्रेसको माग

डढेलो र आगलागी पीडितलाई राहत दिन कांग्रेसको माग

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • डढेलो र आगलागी पीडितलाई राहत दिन कांग्रेसको माग

    वैशाख २८ काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरेको छ।

    images

    शुक्रबार बसेको संसदीय दल बैठकले देशका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो।

    आगलागी र डढेलोबाट पीडितहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए। बैठकले डढेलो तथा आगलागीबाट पाइप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ।

    कांग्रेसले नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री शेषनाथ अधिकारीको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ। साथै पार्टी नेता सूर्यमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार