सोमबार, जेठ ७ गते २०८१

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो ओलीको ध्यानाकर्षण

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो ओलीको ध्यानाकर्षण

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो ओलीको ध्यानाकर्षण

    २८ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको छ ।

    images

    चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवम् चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित निवासमा ओलीसँग भेटवार्ता गरेको हो ।

    अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

    अध्यक्ष अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए ।

    ‘विगतमा लिएका संकुचित नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ । सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ,’ उनले भने ।

    आयकर ऐन २०५८ का अधिकांश  प्रावधानहरू स्पष्ट नहुँदा  अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरू देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अबिलम्व पहल गर्नपनि अध्यक्ष ओली समक्ष आरे ।

    ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायी पीडित भएका छन् । सहकारी क्षेत्रको समस्या अबिलम्व समाधान हुनुपर्दछ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरुलाई कुनै जरिबाना लाग्ने अवस्था आए पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ । यस्तै करका कारण विवादित मुद्दाहरूको यथाशिघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।

    चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन ओलीले दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार