सोमबार, जेठ ७ गते २०८१

अहिलेको राजनीतिले संघीयता बच्दैन : झाँक्री

अहिलेको राजनीतिले संघीयता बच्दैन : झाँक्री

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • अहिलेको राजनीतिले संघीयता बच्दैन : झाँक्री

    २८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक शैलीले संघीयतालाई टिक्न नदिने बताएकी हुन् ।

    images

    झाँक्रीले संघीयता सबलीकरणका लागि शासकीय स्वरूप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको धारणा राखेकी छन् । उनले भनिन्, ‘शासकीय स्वरूप र निर्वाचन प्रणाली नफेरिकन कतै पुगिनेवाला छैन ।’

    झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको बताइन् । उनले भनिन, ‘संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका छ ।’

    सचिव झाँक्रीले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना चन्नुको औचित्य नरहेको धारणा राखिन् । उनले भनिन्, ‘राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ यसको काम छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार