सोमबार, जेठ ७ गते २०८१

संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ: लेखक

संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ: लेखक

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ: लेखक

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्ने पुन: निर्णय गरेको हो।

    images

    कांग्रेसले संसदको अघिल्लो अधिवेशनमा पनि संसदीय छानबिन समिति गठनको माग गरेको थियो। त्यसबेला गृहमन्त्री लामिछानेलाई रोस्टम प्रयोग गर्नबाट कांग्रेसले रोकेको थियो।

    प्रमुख सचेतक रमेश लेखकले शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन समिति गठनको माग गरिने बताए। 

    ‘संसदीय छानबिन समिति गठन भएन र त्यसबाट सदन अवरोध भयो तथा बैठक प्रभावित भयो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ,’ लेखकले भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार