सोमबार, जेठ ७ गते २०८१

एमालेले संसदीय दलको बैठक सुरु

एमालेले संसदीय दलको बैठक सुरु

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • एमालेले संसदीय दलको बैठक सुरु

    काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बसेको हो । 

    images

    प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने  बताए । 

    संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदै छ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

    सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार