सोमबार, जेठ ७ गते २०८१

एनसेलको वीरगन्जमा नयाँ सेन्टर

एनसेलको वीरगन्जमा नयाँ सेन्टर

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • एनसेलको वीरगन्जमा नयाँ सेन्टर

    एनसेल आजियाटा लिमिटेडले एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्न वीरगन्जको घन्टाघर (शिव आँखा अस्पताल नजिक) नयाँ सेन्टर सञ्चालन गरेको छ।

    images

    एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रमबीच एनसेल सेन्टरको उद्घाटन गरेका छन्। यो सेन्टरबाट सबै सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    एनसेल सेन्टरबाट एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरीद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा समेत लिन सकिने जनाइएको छ।

    यसैगरी, सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायत सेवा पनि उपलब्ध हुनेछन्। एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार