सोमबार, जेठ ७ गते २०८१

उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : अशोक राई

उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : अशोक राई

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : अशोक राई

    काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ । विभिन्न दलसँग एकीकरण गरी बनेको जसपा नेपाल नेतृत्वको अक्षमताका कारण एक रहिरहन नसकेको दाबी गर्दै जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेको आरोप लगाए ।

    images

    बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले  पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनको भनाइ थियो  ।

    उनले निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरूको दल दर्ता गरेको पनि बताए । ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, उनको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार