सोमबार, जेठ ७ गते २०८१

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ बिहीबार अपराह्न ५ बजे हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले कार्कीको शपथ ५ बजेका लागि तय गरेको हो ।

    images

    कार्कीको शपथलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । जसअनुसार एमालेबाट राम बहादुर राना मगरलाई मन्त्री बनाउने तयारी भएको छ । उनलाई  अर्थ मन्त्रालयको जिम्मेदवारी दिने गरी छलफल भएको एक नेताले जानकारी दिए । 

    यस्तै माओवादी केन्द्रबाट दुर्गा चापागाईँ र गणेश उप्रेती मध्ये एक जना आज मन्त्री बन्ने छन् । माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी छलफल दिने गरी गठबन्धनमा सहमाति भएको बताइएको छ । बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर सहमति भएपछि छिट्टै मन्त्री नियुक्त हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार