बुधबार, कात्तिक २१ गते २०८२

साताभरि नै मेघगर्जनसहित पानी पर्ने सम्भावना

साताभरि नै मेघगर्जनसहित पानी पर्ने सम्भावना

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • साताभरि नै मेघगर्जनसहित पानी पर्ने सम्भावना

    अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

    उनीहरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास विकास भएको न्यूनचापीय प्रणाली सक्रिय छ। शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ।

    मौसमविद्हरूले यसलाई मनसुनपूर्वको अर्थात् 'प्री-मनसुन' वर्षा भनेका छन्। दैशैभरि डढेलो लागेकाले त्यसको न्यूनीकरणमा यो वर्षाले महत्त्वपूर्ण योगदान गर्न सक्ने ठानिएको छ।यद्यपि कतिपय स्थानमा चट्याङका कारण मानिसहरूको ज्यान गएको खबर पनि आएका छन्।

    विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ