आइतबार, जेठ ६ गते २०८१

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

अखबार दैनिक
बुधबार, वैशाख २६ २०८१
  • पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

    २६ वैशाख नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

    images

    मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए ।

    गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।

     रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार