आइतबार, जेठ ६ गते २०८१

चितवन राष्ट्रिय निकुञ्ज सरसफाइ, तीन ट्याक्टर फोहर संकलन

चितवन राष्ट्रिय निकुञ्ज सरसफाइ, तीन ट्याक्टर फोहर संकलन

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • चितवन राष्ट्रिय निकुञ्ज सरसफाइ, तीन ट्याक्टर फोहर संकलन

    २५ वैशाख, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको सरसफाइ गरिएको छ । बाराही हस्पिटालिटी अन्तर्गत चितवनको सौराहामा सञ्चालित बाराही जंगल लजले राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको जनाएको छ ।

    images

    लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एन्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

    लजले यस खालको सरसफाइ हरेक वर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । रिसोर्टले वातावरण संरक्षणमा जोड दिएकै कारण ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ ।

    यो लज २०१५ देखि आउट स्ट्याण्डिङ प्राक्टिस विधा अन्तर्गत पुरस्कृत समेत भइरहेको छ । चितवन मेघौलीस्थित राप्ती नदी किनारमा लज जंगल थीममा बनाइएको छ । १२ हेक्टर भूभागमा विस्तारित लज परिसरबाट राप्ती नदीको जलचर गतिविधि हेर्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा, बाघ, भालु, गोही लगायत विभिन्न प्रजातिका जरायो र पन्छी रमाएको देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार