आइतबार, जेठ ६ गते २०८१

आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा हानि पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने कार्यविधि जारी

आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा हानि पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने कार्यविधि जारी

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा हानि पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने कार्यविधि जारी

    काठमाडौं । आन्दोलन तथा जुलुसका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा हानि पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले सोमबार कार्यविधि जारी गर्दै क्षतिको बिगो भराउने बताएको हो । क्षतिको उजुरी प्राप्त भएपछि आन्दोलन तथा जुलुसमा क्षति पुर्‍याउने पक्षको नेतृत्व गर्ने पदाधिकारीलाई सात दिनको म्याद दिई स्पष्टीकरणको अवसर दिइने छ ।

    images

    स्पष्टीकरण सन्तोषजनक नभए वा जवाफ चित्त नबुझे जिल्ला प्रशासन कार्यालयले बिगो भराउने छ ।
    क्षति भएको उजुरी प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा क्षति मूल्याङ्कन समिति बन्नेछ । समितिमा थप पाँच जना सदस्य हुनेछन् ।

    समितिले बुझाएको मूल्याङ्कनको आधारमा जिल्ला प्रशासन कार्यालयले क्षति पुर्‍याउने पक्षबाट बिगो असुलउपर गर्ने कार्यविधिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार