आइतबार, जेठ ६ गते २०८१

विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत

विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत

    काठमाडौं । विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट (विकास नीति सहायता) शीर्षकमा नेपाललाई ८० मिलियन अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ । सो ऋण रकम पछिल्लो विनिमयदर बमोजिम करिब १० अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ ।

    images

    सोमबार बसेको बैंक कार्यकारी निर्देशक बोर्ड बैठकले सो ऋण सहायता प्रस्ताव स्वीकृत गरेको विश्व बैंकले जानकारी दिएको छ । स्वीकृत ऋण सहायता नेपालको वित्तीय क्षेत्र स्थिरतालाई थप बलियो बनाउन, वित्तीय समाधान विविधिकरण गर्न र वित्तीय पहुँच बढाउन खर्च हुने बैंकको दाबी छ ।

    नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हडाड जर्भोसले स्वीकृत पछिल्लो सहायता परिचालनमार्फत नेपाललाई हरित, अनुकूल र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरेका छन् । साथै उपयुक्त वातावरण तयार गरी नेपालको आर्थिक विकासमा निजी लगानी गर्न तथा सो मार्फत गरीब र जोखिममा परेका समुदायलाई फाइदा पुर्‍याउन पनि पछिल्लो ऋण सहयोग उपयोगी हुने उनले उल्लेख गरेका छन् ।

    बैंकले ऋण सहायताबाट बैंकिङ र बीमा क्षेत्र थप बलियो हुने, प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा वित्तीय उत्पादन बढ्ने पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार