आइतबार, जेठ ६ गते २०८१

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावाको होटेल भियनामा सीआईबी छापा

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावाको होटेल भियनामा सीआईबी छापा

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावाको होटेल भियनामा सीआईबी छापा

    २५ वैशाख, काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटेल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ । हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ ।

    images

    हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन ।

    यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार