आइतबार, जेठ ६ गते २०८१

क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु

क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु

    क्रिकेट बलले लागेपछि एक बालकको मृत्यु भएको छ । छिमेकी मुलुक भारतको पुणेमा क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ ।

    images

    रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेको अवस्थामा ब्याट्सम्यानले बललाई ट्याकल गरेको र सो बल सौर्यको गुप्ताङ्गमा लागेर ढलेको सीसीटीभीमा देख्न सकिन्छ ।

    घटनाको केही समय भित्रनै शौर्यलाई एक निजी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ