आइतबार, जेठ ६ गते २०८१

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • इजरायल पठाइदिन्छु भन्दै रकम ठगी

    काठमाडौँ । इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बुढानीलकण्ठबाट पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ