आइतबार, जेठ ६ गते २०८१

सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ : मन्त्री शर्मा

सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ : मन्त्री शर्मा

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताएकी छन् ।

    images

    गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउनसके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको उनको भनाइ छ । मन्त्री शर्माले भनिन्, “गोरखापत्रलाई उज्वल, प्रतिस्पर्धी र अगुवा पत्रिका बनाउन नयाँ ढङ्गले सोच्नुपर्छ ।”

    उनले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताइन् । “विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ । नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पुर्याएको योगदान अविस्मरणीय रहेको छ”, उनले भनिन् । 

    सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गर्दै उनले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन् । आममानिसमा बिस्तार हुँदै गएको सूचना पहुँच र सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने उनको भनाइ थियो । 

    “नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको गोरखापत्रको इतिहास जति गौरवशाली छ, वर्तमान र भविश्यमा पनि यसलाई कायम राख्नु चुनौतीको विषय हो”, उनले भनिन्, “बजारमा प्रतिस्पर्धीका साथै अगुवा पत्रिकाका रुपमा स्थापित गर्न, आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ ।”

    गोरखापत्रले सरकारका आधिकारिक समाचार सम्प्रेषण गर्नाका साथै सरकार र जनताका बीचको पुलको काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले सरकारका राम्रा कामबारेमा जनताको बीचमा पुर्याउने तथा जनता गुनासा र अपेक्षा सरकारसमक्ष पुर्याउने गरी सरकारी सञ्चारमाध्यमले कार्यक्रम बनाउनुपर्ने बताइन् ।

    “सरकारी सञ्चारमाध्यम जुन विरासतबाट आए, त्यो जनमानाको विरासतका आधारमा सरकारी सञ्चारमाध्यम सरकारका मजनमण्डलीका रुपमा स्थापित भए । सरकारका गुणगान गाउने बाहेक जनताको भाषा बोल्न छाडियो”, उनले भनिन्, “तर आज हामी समावेशितासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौँ । त्यसकारण गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ ।”

    उनले संविधानसभाबाट जारी संविधानका उपलब्धिका बारेमा पनि सरकारी सञ्चारमाध्यमले पनि जनतासमक्ष लैजानुपर्ने बताइन् । विगतमा राजनीति र पत्रकारिता क्षेत्र सँगसँगै भएर राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनपछाडि प्राप्त अधिकार कार्यान्वयनमा पनि सञ्चार जगत्ले खबरदारी गर्नुपर्नेमा जोड दिइन् ।

    गोरखापत्र र यसका सहप्रकाशन भावि पुस्ताका लागि बौद्धिक सम्पत्ति भएको जनाउँदै उनले यसको संरक्षणका लागि गोरखापत्रले थालनी गरेका प्रयास सरहानीय रहेको बताइन् । प्रतिस्पर्धी बजारमा आफूलाई खरो रुपमा उतार्न जिम्मेवार, व्यावसायिक र विश्वसनीय भएर प्रस्तुत गर्नुपर्नेमा जोड दिइन् । 

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आलोचनात्मक चेतसहितका सामाचार सागम्री गोरखापत्रमा प्रकाशित हुन थालेकामा सन्तुष्टि व्यक्त गर्दै त्यस्ता विषयलाई थप प्राथमिकता दिइनुपर्ने बताए । गोरखापत्र सरकारको मुखपत्र नहोस् भन्नेमा सरकार र व्यवस्थापनले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सम्पादकीय स्वतन्त्रताको उच्चतम् अभ्यास गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्ने बताए । पछिल्लो समय प्रकाशित समाचार हटाउने, समाचार स्रोतलाई समेत पक्राउ गर्ने हर्कतले प्रेस स्वतन्त्रतामा गम्भीर आघात पुग्ने उल्लेख गर्दै अध्यक्ष पोखरलेले यसबारेमा चिन्ततमनन् गरेर अघि बढ्न सुझाव दिए ।

    गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको इतिहासमा गोरखापत्र साक्षी रहेको बताए । गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रले सूचना मात्रै नभई ‘सत्य र विश्वसनीय सूचना’ दिन क्रियाशील रहेको बताए ।

    सो अवसरमा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गरिन् । उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ । कार्यक्रममा गोरखापत्र संस्थानका उत्कृष्ठ कर्मचारी राजेश चाम्लिङ राई, जुजुकाजी रञ्जित र सङ्गीता खड्का, उत्कृष्ट पत्रकार सरोज ढुङ्गेल, नायक पौडेल र मनोजरत्न शाही तथा २५ वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । 
    रासस
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार