आइतबार, जेठ ६ गते २०८१

नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

    २४ वैशाख, काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो ।

    images

    खेल अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु  हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि शनिबार नेपालले ब्रिटिस आर्मीसँग खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । इंग्लयाण्ड सी टिममा त्यहाँको नन लिग खेल्ने क्लबहरुका खेलाडी समावेश छन् ।

    फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेल खेलिरहेको नेपाली टोली बाँकी २ खेलको तयारी स्वरुप इंग्ल्याण्ड गएको हो ।

    समूह एचमा रहेको नेपालले जेठ अन्तिममा युएईसँग घरेलु मैदान र यमनसँग अवे मैदानमा खेल्ने तालिका छ ।

    समूहको चारवटै खेलमा पराजित भएको नेपाल विश्वकपक छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिइसकेको छ । यद्यपि, नेपालले एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउनेछ ।

    पहिलो पटक बेलायत गएर खेल्न लागेको नेपाली टोली नतिजाभन्दा पनि त्यहाँको आधुनिक फुटबल र फुटबल संस्कृति सिक्न उत्सुक छ ।

    इंग्ल्याण्ड जानुअघि नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले सधैं सुनिरहेको र टिभीमा हेरिरहेको इंग्ल्याण्डको फुटबललाई नजिकबाट हेर्न पाउने भन्दै उत्साही रहेको बताएका थिए ।

    नेपाली टोलीले आइतबार लण्डनस्थित चर्चित वेम्बली स्टेडियममा गएर खेलसमेत हेरेको थियो ।

    नेपाली टोली
    गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

    डिफेण्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

    मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु

    फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ