आइतबार, जेठ ६ गते २०८१

माधव नेपालले बोलाए संसदीय दलको बैठक

माधव नेपालले बोलाए संसदीय दलको बैठक

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • माधव नेपालले बोलाए संसदीय दलको बैठक

    २४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए ।

    images

    जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिए । ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार