शनिबार, जेठ ५ गते २०८१

टेबल टेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालमा हुने

टेबल टेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालमा हुने

अखबार दैनिक
आइतबार, वैशाख २३ २०८१
  • टेबल टेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालमा हुने

    २३ वैशाख, काठमाडौं । आगामी जुलाईमा फ्रान्समा हुने पेरिस ओलम्पिकको लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । छनोट प्रतियोगिता मे १३ देखि १५ सम्म काठमाडौंमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । छनोट प्रतियोगितामा आयोजक नेपालसँगै बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।

    images

    हरेक देशबाट पुरुष २ र महिला २ खेलाडीको सहभागिता रहने नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए । यस प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडी फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनोट हुनेछन् ।

    नेपालमा टेबल टेनिसको इतिहासमै पहिलो पटक ओलम्पिकको छनोट प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगितामा नेपालबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले खेल्नेछन् । भारत यसअघि नै वरीयतामा माथि रहेर छनोट भइसकेको छ ।

    ‘यसपटक हाम्रो लागि ठूलो अवसर छ । छनोट खेलेर ओलम्पिकमा सहभागी हुने २ जना मात्र छन् । त्यसकारण यस पटक कोही छनोट भए तेस्रो खेलाडी हुनेछ,’ मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भने ।

    प्रतियोगिताको बजेट १० लाख रहेको छ । जसमा नेपाली घरले ५ लाख बराबरको प्रायोजन गर्नेछ । त्यस्तै समाजसेवी सुमन खड्गीले पनि आवश्यक आर्थिक सहयोग गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार