शुक्रबार, मंसिर ७ गते २०८१

१०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

१०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

अखबार दैनिक
आइतबार, वैशाख २३ २०८१
  • १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। यही वैशाख २० गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। 

    images

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिइन्। 

    'नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० (एक सय) दरको नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैङ्क नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने', मन्त्रिपरिषद निर्णयमा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ