शुक्रबार, कात्तिक ३० गते २०८१

काठमाडौँमा सीप मेला, २०८१ जनाले रोजगारी पाउने

काठमाडौँमा सीप मेला, २०८१ जनाले रोजगारी पाउने

अखबार दैनिक
शुक्रबार, वैशाख २१ २०८१
  • काठमाडौँमा सीप मेला, २०८१ जनाले रोजगारी पाउने

    काठमाडौं। मजदुर दिवसकै दिन अर्थात् मे १ तारिखबाट काठमाडौंमा सुरु भएको सीप मेलामा सीप सिक्न आउने युवा जमातको लर्को लागेको छ।

    images

    काठमाडौं महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो। मेलामार्फत् एक महिनाको अवधिमा २ हजार ८१ जनालाई सीपमूलक रोजगारीमा जोड्ने महानगरले लक्ष्य राखेको छ।

    38f8c8df.jpg


    १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउन लागेको महानगरले जनाएको छ।

    skillexpo-1-1536x860.jpg

    तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एन्ड म्यानेजमेन्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्ट, व्युटिसिएन, सैलुन, नेल आर्ट, पमब्लर, डिजाईनिङ र पुरोहित तथा ज्योतिष लगायतका विधा छन्। तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि महानगरले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार