शुक्रबार, जेठ ४ गते २०८१

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

अखबार दैनिक
बिहीबार , वैशाख २० २०८१
  • एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

    जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । 

    images

    कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्याशी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे । महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए । उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन् । 

    सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरेका छन् । 

    उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरे । महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी भइन् । सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ । 
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ