शुक्रबार, जेठ ४ गते २०८१

दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सभापति सिंहको निर्देशन

दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सभापति सिंहको निर्देशन

अखबार दैनिक
बिहीबार , वैशाख २० २०८१
  • दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सभापति सिंहको निर्देशन

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले दार्चुलाका विकट क्षेत्रमा बाटो नहुँदा स्थानीयले सास्ती पाएको बताएका छन् । बिहीबार बसेको समितिको बैठकमा उनले सो कुरा बताएका हुन् ।  

    images

    आफू दार्चुलाको दुर्गम क्षेत्रमा स्थलगत भ्रमण गर्दा अपि हिमालको फेदमा बसेका बासिन्दालाई जिल्लाको सदरमुकाम आउन समेत भारतको बाटो प्रयोग गर्नु परेको, जाडोयाममा तातो ठाउँमा बसाइँ सर्दा भेडा च्याङ्ग्रा भारतबाट अनुमानि लिएर नेपाल आउनुपर्ने दुःखद अवस्था रहेकोप्रति ध्यानाकर्षण गराए । 

    विगतमा नेपालकै भूभागमा घोडेटो बाटो रहेपनि हाल त्यसको अस्तित्व नरहेकोले आफ्नै भूमिको बाटो प्रयोग गरि तत्कालका लागि घोडेटो बाटो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । साथै त्यो बाटोका लागि आगामी आर्थिक वर्षमा बजेट ब्यवस्था गर्नपनि आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ