शुक्रबार, जेठ ४ गते २०८१

चीनमा भारी वर्षाका कारण राजमार्ग भासिँदा दर्जनौँ घाइते

चीनमा भारी वर्षाका कारण राजमार्ग भासिँदा दर्जनौँ घाइते

अखबार दैनिक
बिहीबार , वैशाख २० २०८१
  • चीनमा भारी वर्षाका कारण राजमार्ग  भासिँदा दर्जनौँ घाइते

    काठमाडौं । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक भाग भत्किएको छ। सो दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।

    images

    दुर्घटना मेइझोउ हिल नजिकै बिहीबार बिहानी पख २ बजे भएको थियो । जसमा सडकको एउटा लेन १८ मिटर तल खसेको थियो। साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रू बोकेका २० सवारी साधन तल खसेका थिए ।

    घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा खटिएका थिए । सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ । दुर्घटनापछि राजमार्ग अवरूद्ध भएको छ । यो राजमार्गले ग्वाङ्डोङलाई फुजियान प्रान्तसँग जोड्छ।

    चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ । र, देशका अधिकांश राजमार्गहरू टोल फ्री छन्। जसका कारण सवारीसाधन बढी दुर्घटनामा परेका छन् ।

    चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो आँधी शनिबार ९ अप्रिल  दिउँसो ग्वाङडोङमा आएको थियो । यस अवधिमा यहाँ अधिकतम २०।६ मिटर प्रति सेकेन्ड हावाको गति रेकर्ड गरिएको थियो। यसपछि भारी वर्षा भएको थियो । जसका कारण राजमार्ग भत्किएको अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार