सोमबार, जेठ ७ गते २०८१

डढेलो निभाउँदा क्रममा ललितपुरमा एकको मृत्यु, कुष्ठरोग अस्पतालका ६५ विरामीलाई अन्यत्र सारियो

डढेलो निभाउँदा क्रममा ललितपुरमा एकको मृत्यु, कुष्ठरोग अस्पतालका ६५ विरामीलाई अन्यत्र सारियो

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • डढेलो निभाउँदा क्रममा ललितपुरमा एकको मृत्यु, कुष्ठरोग अस्पतालका ६५ विरामीलाई अन्यत्र सारियो

    काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने स्थानीय बासिन्दा शंकर पहरी हुन्। प्रहरीका अनुसार घाइते हुनेहरूमा रमेश पहरी रहेका छन्।घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।

    images

    शंकरको पहरीको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले डढेलो अरू वडामा फैलँदै गएको जानकारी दिएका छन्। 

    ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ। आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका ६५ जना विरामीलाई अन्यत्र सारिएको मेयर महर्जनले बताएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार