सोमबार, जेठ ७ गते २०८१

काठमाडौँको दुई स्थानमा दिनदहाडै चोरी

काठमाडौँको दुई स्थानमा दिनदहाडै चोरी

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • काठमाडौँको दुई स्थानमा दिनदहाडै चोरी

    काठमाडौँ । काठमाडौँ जिल्लाका दुई स्थानमा दिनदहाडै चोरी भएको छ । काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको हो ।

    images

    काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

    यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार