सोमबार, जेठ ७ गते २०८१

सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह

सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

    images

    उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’

    लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार  सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई  पनि लामिछानेले धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार