शुक्रबार, जेठ ४ गते २०८१

इलाम–२ मा गनिसकियो आधा मत, सुहाङलाई ५३ सयको अग्रता

इलाम–२ मा गनिसकियो आधा मत, सुहाङलाई ५३ सयको अग्रता

अखबार दैनिक
सोमबार, वैशाख १७ २०८१
  • इलाम–२ मा गनिसकियो आधा मत, सुहाङलाई ५३ सयको अग्रता

    इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ५ हजार ३०२ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन्।

    images

    एमाले उम्मेदवार नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्।

    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ८ हजार ५७० मत प्राप्त गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन्।

    इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७  र ८ नम्बर वडाको मत गणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार ६११ सदर मत गणना भएको छ।

    १ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए।  इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ। २०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ