शुक्रबार, जेठ ४ गते २०८१

बझाङमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत

बझाङमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत

अखबार दैनिक
सोमबार, वैशाख १७ २०८१
  • बझाङमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत

    काठमाडौं : बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत भएको छ। सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो।

    images

    प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ मा  ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने।’ उल्लेख छ। निर्वाचित उम्मेदवारको हकमा भने यो लागू हुने नहुने कानुनी व्यवस्था छ।

    बझाङ १ (१) मा २९ हजार ७ सय ५ सदर मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। जसअनुसार धरौटी जफत नहुनका लागि २ हजार ९ सय ७१ मत ल्याउनुपर्थ्यो।

    चौथो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले जम्मा २ हजार ५ सय १४ मत मात्र पाए।

    धरौटी जफत हुने अन्य उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का (२४२), जसपाका रामबहादुर जाग्री (३५)  गजेन्द्र बहादुर थापा (३५), दीपकबहादुर खड्का (२८) सुशीला देवी विष्ट (२६), खगेन्द्रबहादुर शाही (२४) र कमल घर्तीमगर (२) रहेका छन्।

    ऐन अनुसार प्रदेशसभा सदस्य उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा पाँच हजार रुपैयाँ धरौटी बुझाउनु पर्छ।

    बझाङ १ (१) मा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६ सय १३ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३ सय ४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गरे। 

    ११ उम्मेदवार चुनावी मैदानमा रहेकामा ८ जनाको धरौटी जफत भएको हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ