तेस्रो लगानी सम्मेलनमा नेपाली व्यवसायिक समूह साख: र चिनियाँ कम्पनीबीच होटेल निर्माणको लागि सम्झौता भएको छ। बोर ग्रुप अफ होटेल चाइनाले साखः समूहसँग संयुक्त लगानीमा होटेल बनाउने भएको हो। कपिलवस्तुको गोरूसिंगेमा रहेको साख: समूहको २२ बिगाहा जग्गामा होटेल बन्ने भएको हो।
यो होटेलको प्रति कोठाको शुल्क ३ हजारदेखि ५ हजार आरएमबी हुने बताइएको छ। होटेलमा करिब ७० वटा कोठा हुनेछन्। बोर ग्रुपले हालसम्म जापान, लाओस, कम्बोडिया, भियतनाम र चीनमा होटेल सञ्चालन गरिरहेको छ।