सोमबार, वैशाख ३१ गते २०८१

इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा

इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा

    काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ ।आइतबार अपराह्नको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् । 

    images

    मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले भन्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले कम मत ल्याएका छन् । डकेन्द्रले ३१३ मत पाउँदा मिलनले २११ मत पाएर चौथो स्थान हासिल गरेका छन् । 

    यस्तै हालसम्म २ हजार ८०६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार धनराज राना मगरले शून्य मतमात्रै पाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ