आइतबार, वैशाख ३० गते २०८१

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

    काठमाडौँ । बझाङ प्रदेशसभा– १ (१) मा एमालेले सुवाती मतगणनामै फराकिलो अग्रता बनाएको छ । छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत पाएका छन् । 

    images

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै छन् । भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ । यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।

    बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो । बझाङ प्रदेशसभा १ (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त स्थानमा २०८१ वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ