सोमबार, वैशाख ३१ गते २०८१

बझाङमा सुरू भयो मतगणना

बझाङमा सुरू भयो मतगणना

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • बझाङमा सुरू भयो मतगणना

    प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ -१ काे (१) मा  मतगणना सुरू भएको छ। आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो। साेही अनुसार मतगणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

    images

    बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए। यसअघि त्यहाँ नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

    उनी सवारी दुर्घटनामा परी उनको मृत्यु भएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि शनिबार मतदान भएको थियो। यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ