शनिबार, वैशाख २९ गते २०८१

इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

    १६ बैशाख इलाम । इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

    images

    मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सिसिटिभी जडान गरिएको छ।

    कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत हो। प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपचुनाव भएको हो । इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ