सोमबार, वैशाख २४ गते २०८१

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक प्रकाश सपुत अनुबन्धित

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक प्रकाश सपुत अनुबन्धित

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक प्रकाश सपुत अनुबन्धित

    बैशाख १४ काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको चलचित्रको निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो ।

    images

    सेभेन सिज सिनेमाजको प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेले गरेका छन् ।

    निर्माण पक्षले यसअघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको मोसन पोस्टरले मौलिक कथा र कलात्मक प्रस्तुतिको आभास गराएको छ ।

    चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ