सोमबार, वैशाख २४ गते २०८१

बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु

बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु

    एजेन्सी । तान्जानियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् ।

    images

    बाढी प्रभावित क्षेत्र छाड्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्’ कासिमले भनेका छन् ।

    तान्जानियाको छिमेकी देशहरू केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब बनेको छ । ‘जनवरीदेखि अहिलेसम्म भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २३६ जना घाइते भइसकेका छन् ।’ 

    संसद्‌मा बयान दिँदै मजलिवाले भनेका छन् । तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठुलो क्षति भएको र यसमा फसलको बर्बादी, सडक र रेलमार्गमा भएको क्षति पनि समावेश गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ