सोमबार, वैशाख २४ गते २०८१

हलमा लाग्यो ‘बोक्सीको घर’

हलमा लाग्यो ‘बोक्सीको घर’

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • हलमा लाग्यो ‘बोक्सीको घर’

    काठमाडौं । नेपाली हलमा शुक्रबार ‘बोक्सीको घर’ र बलिउड फिल्म ‘रुस्लान’ रिलिज भएका छन् । केकी अधिकारीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को चर्चामा छ ।

    images

    बोक्सी कुप्रथाको नाममा हुने महिला हिंसाको कथावस्तुमा फिल्म बनेको छ । थ्रीलर फिल्मलाई डेब्यु निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन् । मञ्चन भैसकेको नाटकबाट प्रेरित रहेर बनाइएको फिल्मले समाजका वास्तविक घटनाक्रमलाई चित्रण गरेको जनाइएको छ ।

    तपाईंलाई सोसल-ड्रामा र थ्रीलर फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । ११० मिनेट लामो यो फिल्ममा केकीसहित सुलक्षण भारतीय, सुपला सापकोटा, श्वेच्छा राउतको अभिनय छ ।

    फिल्मले शुक्रबार बिहानदेखि बक्सअफिसमा सुखद सुरुवात गरेको छ । क्यूएफएक्ससहितका प्रमुख मल्टिप्लेक्समा बिहानी शोजमा ३०-५० हाराहारी अकुपेन्सी थियो जुन आफैमा उत्साहजनक हो ।

    अपरान्ह र बेलुका अकुपेन्सीमा वृद्धि हुने देखिन्छ । ‘वर्ड अफ माउथ’को मद्दत पाएको खण्डमा फिल्मले पहिलो सप्ताहन्त राम्रै कमाइ गर्न सक्छ । सामाजिक थ्रीलर फिल्ममा नेपाली दर्शकको रुचि देखिन्छ । बलिउड फिल्म ‘शैतान’ हिट हुनुको कारण यो पनि हो । त्यो मनोविज्ञानको फाइदा ‘बोक्सीको घर’ले उठाउन सक्ने देखिन्छ ।

    शुक्रबारै नेपाली हलमा बलिउडको एक्सन-थ्रीलर ‘रुस्लान’ पनि प्रदर्शनमा आएको छ । जगपति बाबु, आयुष शर्माको यो फिल्ममा शीर्ष भूमिका छ । कात्यायन शिवपुरीले यो फिल्म निर्देशन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ