आइतबार, वैशाख २३ गते २०८१

२०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको सम्झनामा फोटो प्रदर्शनी

२०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको सम्झनामा फोटो प्रदर्शनी

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • २०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको सम्झनामा फोटो प्रदर्शनी

    काठमाडौं । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ। गोर्खाको वारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए।

    images

    Photo-Exibition3.jpg

    आज उक्त विनाशकारी भूकम्प गएको दिनको सम्झनामा खानी तथा भुगर्भ विभागमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ।उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको प्रदर्शनीमा २०७२ को र २०८० सालमा जाजरकोटमा गएको भूकम्पले पारेको असरसंग सम्बन्धित ५५ वटा फोटो राखिए छन्। प्रदर्शनी आज एकदिन चल्नेछ।

    Photo-Exibition1.jpgPhoto-Exibition.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार