आइतबार, वैशाख २३ गते २०८१

भूकम्पमा परी २२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा पुगे

भूकम्पमा परी २२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा पुगे

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • भूकम्पमा परी २२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा पुगे

    वैशाख १२ भक्तपुर ।  २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन्। उनी भक्तपुर नगरपालिका–२, मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलबाट कक्षा ३ उत्तीर्ण गरी ४ मा पुगेका हुन्।

    images

    भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका त्यो बेलाका पाँच महिने बालक सोनिशलाई २२ घण्टापछि नेपाली सैनिकले उद्धार गरेका थिए। त्यसपछि चर्चामा आएका सोनिश अहिले पनि ‘सेलिब्रेटी’ कै रूपमा छन्।

    मंगलबार भक्तपुर नगरपालिका वडा–१० कमलविनायकस्थित सोनिशको घर पुग्दा उनी एक्लै थिए। उनको घरको घण्टी बजाउँदै गर्दा उनले नै हतपत आएर मूलढोका खोले। बुबाआमा दुवै काममा र एक दिदी स्कुल गएकाले आफू एक्लै घरमा भएको उनले बताए।

    टेलिफोन सम्पर्कका सोनिशकी आमा रश्मिलाले घर चलाउन आफू पनि काममा जाने गरेको सुनाइन्। सोनिशका बुबा चालक (ढुवानी सामान बोक्ने) हुन्। उनले घरघरमा गएर सफा गर्नेलगायत मजदुरीको काम गर्न आफू बिहानै निस्किने गरेको बताइन्।

    भूकम्पले घर भत्काएपछिपछि लामो समय कोठाभाडामा लिएर बसेको अवाल परिवारले अहिले पुरानै जगमा अस्थायी संरचना बनाएको छ।

    आफ्नो भएको जग्गा बाटोको मापदण्डमा परेको र अन्यत्र घर बनाउने जग्गा नभएकाले पुरानै ठाउँमा नक्सा पासबिनै अस्थायी टहरो बनाएर कोठाभाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त भएको रश्मिलाले बताइन्।

    ‘मापदण्ड छाडेर घर बनाउने हो भने तीन फिट जग्गा मात्र बाँकी रहन्छ,’ रश्मिलाले दुःखेसो पोखिन्, ‘त्यही कारण नक्सा पास गरेर पक्की घर बनाउन पाइएन।’ यो समाचार नागरिक दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार