आइतबार, वैशाख २३ गते २०८१

‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक

‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक

    बैशाख १२, काठमाडौं । नेपाली चलचित्र ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । 

    images

    दुईवटा पोस्टरमध्ये एउटामा चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकेर हर्षित भावमा प्रस्तुत छन् । यसले उनीहरुको ग्रामीण जीवनको संघर्षलाई दर्शाउँछ । पोस्टरको पृष्ठभूमिमा दुर्गम ग्रामीण परिवेश देख्न सकिन्छ ।

    दोस्रो पोस्टर भने परम्परागत शैलीमा तयार छ । अर्थात् चलचित्रका मुख्य कलाकारहरुलाई समेटिएको छ । निर्देशक अनिल बुढा मगरले मगर समुदायको संस्कृति र सभ्यतालाई अपनत्व गर्दै सामाजिक दृष्टिकोण जोगाएको ‘ज्वाइँ’हरुमा चलचित्र समर्पित रहेको बताएका छन् ।

    पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक मगर स्वयंको कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाको हो । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनले मिलेर निर्माण गरेको चलचित्रमा सुसन प्रजापतिको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ । चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द रचना तथा संगीत रहेको छ ।

    चलचित्रमा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ । 

    आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । नेपालमा भने आरआर फिल्म्सले ‘घरज्वाइँ’को वितरण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार