आइतबार, वैशाख २३ गते २०८१

नेपाल र कतारबिच दुईपक्षीय वार्ता

नेपाल र कतारबिच दुईपक्षीय वार्ता

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • नेपाल र कतारबिच दुईपक्षीय वार्ता

    काठमाडौँ । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुई पक्षीय वार्ता सुरु भएको छ । काठमाडौँको होटल सोल्टीमा केहीबेर अघि दुई पक्षीय भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । 

    images

    दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका छन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् । 

    भेटवार्ता लगत्तै नेपाल र कतारबीच सहयोग आदानप्रदानवारे सहमति र सम्झौतामा हस्ताक्षर हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार