शुक्रबार, वैशाख २१ गते २०८१

केपी ओलीले गरे फिल्म ‘नमेटिने घाउ’मा अभिनय

केपी ओलीले गरे फिल्म ‘नमेटिने घाउ’मा अभिनय

अखबार दैनिक
मंगलबार, वैशाख ११ २०८१
  • केपी ओलीले गरे फिल्म ‘नमेटिने घाउ’मा अभिनय

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म अभिनयमा डेब्यु गरेका छन् । मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा फिल्म ‘नमेटिने घाउ’को छायांकन गरियो ।

    images

    झण्डै डेढघण्टा उनको दृश्यको छायांकन गरिएको थियो । फिल्ममा उनले पूर्वप्रधानमन्त्रीकै रुपमा अभिनय गरेको निर्माण नियन्त्रक आरजे प्रणव सुवेदीले जानकारी दिए । एसिड आक्रमण घटनाको पीडितका कथाब्यथामा बनेको यो फिल्मलाई रमित ढुंगानाले निर्देशन गरिरहेका छन् ।

    ओलीले यसअघि नै आफूले फिल्म खेल्ने जानकारी दिइसकेका थिए । ओली सरकारले यसअघि एसिड आक्रमणविरुद्ध कडा सजायको व्यवस्थासहित अध्यादेश जारी गरेको थियो । एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान उल्लेख थियो ।

    गतसाता अर्का पूर्वप्रधानमन्त्री माधव नेपालको दृश्यलाई कोटेश्वरमा छायांकन गरिएको थियो । यो सामाजिक कथानक फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार